जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

बाजुरा | मंसिर १४, २०८०

जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

 

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।

 

उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो।

 

सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ। जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

 

जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्